Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको परिचय खुल्यो, वीर अस्पतालमा उपचार हुँदै

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको परिचय खुल्यो, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह गर्ने पुरूषको परिचय खुलेको छ।  राहदानी विभाग अगाडि आज दिउँसो १ बजेर ४० मिनेटको समयमा पेट्रोलियम पदार्थ शरीरमा खन्याएर आफूलाई आगो लगाउने प्रयास गरेका थिए। उनी मुगु जिल्ला सोरू गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपाली हुन्। हाल उनी भक्तपुरमा बस्दै आएका छन्। 

जिल्ला प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवनकुमार भट्टराईले आगो लगाएको अवस्थामा उद्धार गरेको र अहिले वीर अस्पतालमा उपचार भइरहेको नेपाली पैसालाई जानकारी दिए। उनले भने, ‘पेटदेखि माथिल्लो भागमा जलेको भन्ने छ, ती व्यक्तिको श्रीमतीसँग सम्पर्क गरेर समन्वय गर्दैछौँ।’ 

घटनाका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरेर घटनाको कारणबारे अनुसन्धान गर्ने एसपी भट्टराईले बताए। ‘उद्धार गरिसकेर मुचुल्का उठाउने, सोधपुछ गर्ने, इभिडेन्स कलेक्सन गरेर अनुसन्धान सुरू गरिसकेका छौँ।’, उनले भने। 

घाइते अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रवक्ता भट्टराईको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij