काठमाडौँ : बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका दुतराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा), टेकुबाट खटिएको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार तामाङ विगत केही वर्षदेखि फरार रहँदै आएका थिए ।
पक्राउपछि उनीमाथि विभिन्न आपराधिक घटनामा संलग्नताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij