Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु

देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु

काठमाडौँ : देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, धनुषा, तनहुँ, कास्की र बझाङमा भएका दुर्घटनामा सात जनाले ज्यान गुमाएका हुन्।

मोरङमा बसको ठक्करबाट एक पैदलयात्री, धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जना, तनहुँ र कास्कीमा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्री तथा बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न केही सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij