चितवन : चितवन प्रहरीले १७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१० स्थित होटल नमस्ते मिलिजुली खाजा घरका सञ्चालक ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेका छन्। प्रहरीले होटलमा कार्यरत १७ वर्षीया बालिकाको उद्धारसमेत गरेको जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठले बालिकालाई होटलको कोठामा बोलाई शारीरिक सम्पर्क राख्न प्रस्ताव गर्दै ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएका थिए। प्रस्ताव अस्वीकार गरेपछि पनि उनले बालिकाको शरीरको संवेदनशील अंगमा छोएको तथा ह्वाट्सएप र इन्स्टाग्राममार्फत पटक–पटक अश्लील सन्देश पठाएको आरोप लागेको छ।
पीडित बालिकाले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij