Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रकलाई सोमबार बिहान ७:४५ बजेतिर बाढीले बगाएको हो । खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्कामा) पानीको बहाव बढ्न गई ट्रक बगाएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्किएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ । ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij