चितवन : अविरल वर्षाका कारण भरतपुर महानगरपालिका–११ अन्तर्गत भोजाड–पदमपुर भित्री सडक खण्डमा दुईवटा रुख ढल्दा सडक दुवैतर्फबाट अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार साँझ करिब ४:५० बजे रुख ढलेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।
नेपाल प्रहरी, जिल्ला वन कार्यालयको टोली, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त प्रयासमा ढलेका रुख हटाइएपछि साँझ करिब ५:३० बजेदेखि सडक दुवैतर्फ सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
हाल उक्त सडकमा सवारी आवागमन सहज रूपमा सञ्चालन भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij