Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सौराहाको सामुदायिक सीप केन्द्रमा चोरी, डेढ लाख बराबरका सामग्री चोरी

सौराहाको सामुदायिक सीप केन्द्रमा चोरी, डेढ लाख बराबरका सामग्री चोरी

रत्ननगर : चितवनको सौराहास्थित मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिद्वारा सञ्चालित सामुदायिक सीप केन्द्रमा चोरी भएको छ।

सोमबार राति केन्द्रको पछाडिको ढोका फुटाएर प्रवेश गरेका चोरले केन्द्रमा रहेका विभिन्न विद्युतीय तथा अन्य सामग्री चोरी गरेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष गणेश खतिवडाले जानकारी दिए।

समितिकी उपाध्यक्ष सरस्वती लामाका अनुसार चोरी भएका सामग्रीमा १६५ एम्पियरका दुई वटा ब्याट्री, १० केभीएको एक भोल्ट गार्ड, एउटा सिलिङ फ्यान, कफी कप सेट, कफी बनाउने सामग्री तथा विभिन्न गुडियाका सामग्री रहेका छन्।

उनका अनुसार चोरीबाट करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। घटनास्थल नजिकै रहेको सीसीटीभी क्यामरामा चोरीको दृश्य कैद भएकाले चोरीमा संलग्न व्यक्तिको पहिचान र पक्राउ गर्न सहज हुने विश्वास समितिले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij