काठमाडौँ : बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय हुने फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको कालीमाटीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–९ घर भएका रोहण केशरी छन् । मंगलबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले रातोपाटीलाई बताए ।
उनलाई पर्सा जिल्ला अदालतले २०८१ असार २३ मा ७ वर्ष कैद, ३ लाख जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
अदालतले उनिविरुद्ध पीडित राहत कोषमा १२ हजार दाखिला गर्नुपर्ने ठहर गरेको छ । प्रतिवादीलाई बुधबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij