काठमाडौँ : प्रहरीले युवा संघका सचिवालय सदस्य वकिल बमसहित २४ जनालाई जुवा खालबाट पक्राउ गरेको छ । मंगलबार बिहान १ बजेतिर तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेबाट बमसहित २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
जुवा खालबाट प्रहरीले ९ लाख ८० हजार नगद बरामद गरेको छ ।वकिल बम २०८२ चैत २१ मा पनि गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका थिए । उनी कालिकोटको पलाता गाउँपालिकाका स्थानीय हुन् । तारकेश्वरको रिसोर्टमा सञ्चालित सो जुवाखाल काभ्रे धुलिखेल घर भएका मिलन भन्ने प्रेम लामा र रोशी गाउँपालिका–१ घर भएका राम लामाले सञ्चालन गरेको थाहा भएको छ ।
प्रहरीले मिलन, राम र छिरिङ लामासहित दुई दर्जन जुवाडेहरूलाई पक्राउ गरेको छ ।जुवाखाल सञ्चालक मिलनले काठमाडौँको ठमेलमा स्काई डान्सबार र रामले चाहना डान्सबार सञ्चालन गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij