काठमाडौँ : नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार काठमाडौँका मिडियाको गेट र सडकमा शंकास्पद पार्किङको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा अध्यक्ष धामीलगायतका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियुका नेता गोपाल नेपालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष धामी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जित प्रसाद सिटौला, सचिवालय सदस्य बिशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा र सिरिस बुढा रहेका छन् । पक्राउ विद्यार्थी नेताहरूलाई विनाशर्त रिहा गर्न अनेरास्ववियुले माग गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij