Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

निपनी–सौराहा भित्री सडकमा १४ ट्राफिक कन्भेक्स मिरर जडान

निपनी–सौराहा भित्री सडकमा १४ ट्राफिक कन्भेक्स मिरर जडान

रत्ननगर : पूर्वी चितवनको रत्ननगर नगरपालिका–४ र ८ अन्तर्गत पर्ने निपनी चोकदेखि सौराहासम्मको भित्री सडक खण्डमा दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले १४ वटा ट्राफिक कन्भेक्स मिरर जडान गरिएको छ।

चित्रसेन मध्यवर्ती सामुदायिक वनसँगको सहकार्यमा सडकका मोड तथा दृष्टि अवरुद्ध हुने दुर्घटना जोखिमयुक्त स्थानहरूमा कन्भेक्स मिरर जडान गरिएको हो। ती मिररले सवारी चालकलाई विपरीत दिशाबाट आउने सवारी साधन समयमै देख्न सहज बनाउने भएकाले दुर्घटनाको जोखिम कम हुने विश्वास गरिएको छ। बढ्दो सवारी चापसँगै सडक सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिमयुक्त स्थानहरूको पहिचान गरी मिरर जडान गरिएको जनाइएको छ।

यसबाट स्थानीयवासी, पर्यटक तथा दैनिक आवतजावत गर्ने सवारी चालकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। सम्बन्धित निकायले सार्वजनिक सम्पत्तिको संरक्षण सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै जडान गरिएका ट्राफिक कन्भेक्स मिररको सुरक्षा, संरक्षण तथा दिगो प्रयोगमा स्थानीयवासी, सवारी चालक र सबै सरोकारवालासँग सहयोग र सहकार्यको आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट