Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

अमेरिकाले लगातार सातौँ रात पनि गर्यो इरानमा आक्रमण

अमेरिकाले लगातार सातौँ रात पनि गर्यो इरानमा आक्रमण

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता ‘समाप्त भएको’ घोषणा गरेपछि अमेरिकाले इरानमाथि लगातार सातौँ रात पनि हवाई आक्रमण जारी राखेको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्रपतिका निर्देशनअनुसार यी आक्रमणहरू इरानको सैन्य क्षमता थप कमजोर पार्ने उद्देश्यले सञ्चालन गरिएका हुन्।’

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले ‘स्ट्रेट अफ हर्मुज’ को बारुद बिछ्याइएको जलमार्ग हुँदै गुज्रिरहेका दुईवटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको दाबी गरेको थियो। तर सेन्टकमले त्यसलाई ‘आईआरजीसीका अधिकांश दाबीझैँ पूर्ण रूपमा गलत’ भन्दै अस्वीकार गरेको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार, देशको मध्य भागस्थित याज्द शहर, केश्म टापु तथा हर्मुज नजिकको बन्दर अब्बास बन्दरगाह क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो। इरानको सरकारी समाचार संस्था फार्स ले पनि हर्मुजको दक्षिणी भागमा बारुद बिछ्याइएको मार्ग हुँदै जाँदै गरेका दुई तेल ट्यांकर विस्फोट भएर आगलागी भएको जनाएको थियो। तर केही समयपछि सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत उक्त दाबीलाई असत्य भएको स्पष्ट पारेको छ।

हर्मुजमा जहाज आवतजावत लगभग ठप्प

अमेरिका र इरानबीच लगातार भइरहेको प्रतिआक्रमणका कारण विश्वकै महत्वपूर्ण तेल मार्ग मानिने हर्मुजमा जहाजहरूको आवतजावत लगभग ठप्प भएको छ। सामान्य अवस्थामा विश्वभर आपूर्ति हुने करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ।

शुक्रबार इरानी सशस्त्र बलले कुवेत, बहराइन, जोर्डन तथा पहिलोपटक सिरियास्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको दाबी गरेको थियो। तर अमेरिकाले ती दाबीलाई अस्वीकार गरेको छ।

यसअघि कुवेती अधिकारीहरूले इरानी ड्रोन आक्रमणबाट आफ्ना केही सैनिक घाइते भएको तथा एउटा विद्युत् केन्द्र र समुद्री पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने (डिसेलिनेसन) केन्द्रहरूमा क्षति पुगेको बताएका थिए। अर्को तर्फ केही सञ्चारमाध्यामले पछिल्लो एक सातामा जोर्डनका दुई अमेरिकी सैन्य अड्डामाथि भएका इरानी आक्रमणमा धेरै अमेरिकी सैनिक घाइते भएका छन्।
पुलमा क्षति भएको पुष्टि

अमेरिकाले इरानका महत्वपूर्ण पुल, रेल स्टेशन र विमानस्थलजस्ता नागरिक पूर्वाधारमा आक्रमण गरिएको आरोप अस्वीकार गरेको छ । यद्यपि, प्रभावित हर्मुज प्रान्तका अधिकारीहरूले अमेरिकी आक्रमणमा सात जनाको मृत्यु भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट