बुटवल : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ। आज दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–५, बैङ्क रोड, भैरहवा निवासी ६० वर्षीय तारचन सुनारको मृत्यु भएको हो।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको ईभी साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए।
दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij