Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भरतपुरमा बोलेरोको ठक्करबाट स्कुटर चालक घाइते, चालक प्रहरी नियन्त्रणमा

भरतपुरमा बोलेरोको ठक्करबाट स्कुटर चालक घाइते, चालक प्रहरी नियन्त्रणमा

चितवन : चितवनको भरतपुर महानगरपालिका–१० मा बलेरो गाडीको ठक्करबाट स्कुटर चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब २:५५ बजे लु.प्र.०१–००१ च ३४८९ नम्बरको बलेरोले ना ३६ प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–१२ निवासी करिब ४० वर्षीय रमेश पाण्डे घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुष्पाञ्जली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बलेरो गाडी र चालक कपिलवस्तुको जयनगर नगरपालिका–२ निवासी २६ वर्षीय सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट