Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बुढी राप्ती खोलामा डुबेर एक जनाको मृत्यु

बुढी राप्ती खोलामा डुबेर एक जनाको मृत्यु

चितवन : चितवनको खैरहनी नगरपालिका–८ स्थित बुढी राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब २:३० बजे स्थानीय ४० वर्षीय राजाराम ढकाल बुढी राप्ती खोलामा घोगी टिप्ने क्रममा डुबेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली घटनास्थलमा पुगेर ढकालको तत्काल उद्धार गरेको थियो। उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो ३:४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट