Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कुश्मामा ट्र्याक्टर करिब १०० मिटर तल खस्यो, दुई जनाले गुमाए ज्यान

कुश्मामा ट्र्याक्टर करिब १०० मिटर तल खस्यो, दुई जनाले गुमाए ज्यान

पर्वत : पर्वतको कुश्मा नगरपालिका–९ स्थित एकोहोरे पाठामा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्र्याक्टर दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत एकोहोरे पाठामा अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कुश्मा नगरपालिका–७ निवासी २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९ साइकल चोकका १४ वर्षीय शिशिर लामिछाने को प्रदेश अस्पताल, कुश्मामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, दुर्घटनामा घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटा को कुश्मा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट