Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नारायणगढ-मुग्लिन –काठमाडौँ सडकखण्डमा आज राति सवारी आवागमन बन्द गरिने

नारायणगढ-मुग्लिन –काठमाडौँ सडकखण्डमा आज राति सवारी आवागमन बन्द गरिने

चितवन  : नारायणगढ-मुग्लिन-काठमाडौँ सडकखण्डमा राति सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आज राति १० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म नारायणगढ-मुग्लिन-काठमाडौँ  सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएको हो ।​

धादिङलगायतका छिमेकी जिल्लाहरू तथा यस जिल्लाका विभिन्न स्थानहरूमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको छ । रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरी आज  राति १०  बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको ब्यहोरा सबैमा जानकारी गराइन्छ, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा भनिएको छ ।​

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट