चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले अनलाइन सट्टेबाजी तथा अवैध क्रिप्टोकरेन्सी (Crypto Currency) कारोबारमा संलग्न रहेको आरोपमा चितवनको कालिका नगरपालिका–६ का ४४ वर्षीय नारायण श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरी अनुसन्धान गर्दा श्रेष्ठसँग बरामद भएको Redmi र Apple कम्पनीका मोबाइल फोनबाट अनलाइन बेटिङ तथा क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित प्रमाण फेला परेको दाबी गरिएको छ।
प्रहरीले जनाएको विवरणअनुसार: Mobcash एपमा रहेको खातामा E-POS Limit रु. २,७७,६२९.६८ र ब्यालेन्स रु. १३,६२,०२०.४० देखिएको छ।
उक्त खातामा पछिल्लो तीन महिनामा रु. २८,१५,८०० बराबरको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Apple मोबाइलमा रहेको Binance खातामा USD 33,150.33 (हालको मूल्य करिब रु. ५० लाखभन्दा बढी) बराबरको क्रिप्टोकरेन्सी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका श्रेष्ठमाथि क्रिप्टोकरेन्सी सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij