Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

प्रहरी महानिरीक्षक दान बहादुर कार्की थाइल्यान्ड प्रस्थान

प्रहरी महानिरीक्षक दान बहादुर कार्की थाइल्यान्ड प्रस्थान

काठमाडाैँ :  प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्।बैंककमा आयोजना हुन लागेको ठगी केन्द्र र अन्तरदेशीय संगठित अपराधसम्बन्धी एफबीआई(संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान ब्यूरो) क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार आईजीपी कार्की त्यसतर्फ प्रस्थान गरेका हुन्।

उक्त सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कार्कीसँगै प्रहरी उपरीक्षक धर्मराज भण्डारी पनि थाइल्यान्ड प्रस्थान गरेका छन्।कार्कीलाई निमित्त प्रहरी महानिरीक्षक राजन अधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना व्यक्त गर्दै बिदाइ गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट