चितवन : चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्नबाली, पशुधन, घरगोठ र अन्य क्षतिबापत उक्त रकम वितरण गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका कारण सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि एक लाख ३४ हजार १७६ रुपैयाँ, गम्भीर घाइतेको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रुपैयाँ र मृत्यु भएका पाँच जनाका परिवारलाई ५० लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।
यस्तै, पशुधनमा भएको क्षतिबापत २३ लाख ६० हजार २०० रुपैयाँ, भण्डारण गरिएको अन्नको क्षतिबापत ७० हजार रुपैयाँ, घरगोठको क्षतिबापत तीन लाख ३९ हजार ६५० रुपैयाँ, अन्नबालीको क्षतिबापत २१ लाख आठ हजार ३०० रुपैयाँ र कुखुराको क्षतिबापत ४३ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको उनले बताए । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई वन्यजन्तुले पुर्याएको क्षतिबापत हरेक वर्ष राहत उपलब्ध गराउँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij