चितवन : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार युवक र फरार प्रतिवादीलाई घटनास्थलसम्म ल्याएर लुकाउने कार्यमा संलग्न युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जाल टिकटकमार्फत चिनजान भएको पुरुष व्यक्तिले यही साउन २ गते राति १०ः०० बजेको समयमा चितवनकी १३ वर्षीया बालिकालाई घरबाट बोलाइ मोटरसाइकलमा राखेर माडीको मरथा खोलानजिक लगि जबर्जस्ती करणी गरी फरार रहेका थिए ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले खोजतलास गर्दै जाँदा भारतको बेतिया घर भई माडी–३ बस्ने १९ वर्षीय सर्फराज मियाँ र वारदातपछि मुख्य प्रतिवादीलाई भगाई लुकाउने कार्यमा संलग्न काडी–३ बस्ने २३ वर्षीय आजाद आलम पक्राउ परेका हुन् ।
बालिका करणीपश्चात् प्रतिवादी फरार रहेको जानकारी हुनासाथ खटिएको प्रहरी टोलीले साउन ३ गते दुवै प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिनुभयो।
प्रहरीले वारदातको समयमा प्रयोग भएको मे. १ प ७१०४ नम्बरको मोटरसाइकलसमेत बरामद गरी पक्राउ परेका प्रतिवादीहरुलाई सोमबार करणीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी भुसन यादवले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij