Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

प्रहरी सहायक निरीक्षक दिनेश पौडेल “उत्कृष्ट प्रशिक्षक” घोषित

प्रहरी सहायक निरीक्षक दिनेश पौडेल “उत्कृष्ट प्रशिक्षक” घोषित

चितवन : नेपाल प्रहरी प्रशिक्षण शिक्षालय भरतपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक दिनेश पौडेललाई “उत्कृष्ट प्रशिक्षक (Instructor of the Month)” घोषणा गरी सम्मान गरिएको छ।

शिक्षालयमा आयोजित “Recognition Program” अन्तर्गत पौडेललाई सांगठनिक नीति निर्देशनअनुसार आफूलाई प्राप्त जिम्मेवारी र पदीय दायित्व अनुशासित, लगनशील तथा कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकताका साथ निर्वाह गरेको मूल्याङ्कन गर्दै प्रशंसा–पत्र प्रदान गरिएको हो।

उनले शिक्षालयको आन्तरिक तथा बाह्य प्रशिक्षण गतिविधिलाई समयानुकूल, प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको कार्यकुशलता, अनुशासन र समर्पणको उच्च मूल्याङ्कन गरिएको शिक्षालयले जनाएको छ।

२०८३ साल असार महिनाको उत्कृष्ट प्रशिक्षक का रूपमा चयन भएका पौडेललाई ४ साउन २०८३ मा भरतपुर, चितवनमा आयोजित कार्यक्रममा प्रशंसा–पत्र प्रदान गरिएको हो।

749161656_1064509589293867_2963276690937045261_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट