Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

वन कार्यालयको स्कोरपियो र सिटी सफारी ठोक्किए, एक जनाको मृत्यु

वन कार्यालयको स्कोरपियो र सिटी सफारी ठोक्किए, एक जनाको मृत्यु

झापा:  झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

साेमबार बिहान मेचीनगर-१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१-००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

दुर्घटनामा मेचीनगर-१५ निवासी ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएका थिए। निजलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए।

दुर्घटनापछि स्कोरपियो चालक भद्रपुर गरपालिका-१० निवासी ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर-६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट