मोरङ : सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विद्यालयका ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार, ३५ वर्षीय शिक्षक अविरल मास्के र सवारी चालक ४० वर्षीय प्रदीप भट्टराईलाई पक्राउ गरिएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले छात्रामाथि गरिएको दुव्र्यवहारको घटनापछि सोमबार विहान उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए।
उनका अनुसार विद्यालयका केही छात्रालाई परिक्षामा उर्तिण गराउने, मोबाइलबाट विभिन्न प्रकारका सन्देश पठाउने लगायतको काम हुदै आएको गुनासोसंगै तीन जनालाई पक्राउ गरिएको हो।
घटनापछि विद्यालयका विद्यार्थी तथा अभिभावक आक्रोशित बनेका छन्। यसैबीच, सुन्दरहरैँचा नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिँदै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij