Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु

भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु

काठमाडौँ : भक्तपुरको घ्याम्पेडाँडास्थित होटेलमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएर सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की छन् ।

साउन ४ मा बिहान विश्वकपको फाइनल खेल हेर्न राज कार्की आफ्ना साथीहरूसँग सूर्यबिनायक नगरपालिका–७ स्थित घ्याम्पेडाँडामा पुगेका थिए । फुटबल हेर्ने क्रममा थ्री इडिएट्स होटेलमा विवाद हुँदा कुटाकुट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले रातोपाटीलाई बताए । कुटपिटबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा सोमबार नै  मध्यपुर अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।

समूहमा खाएर बसिरहेको बेलामा विवाद भएको र त्यसपछि ३–४ वटा समूहको बिचमा कुटाकुट भएको थियो । घटनाबारे प्रहरीले ३० जनासँग सोधपुछ गरेको छ । अहिलेसम्म हत्यामा संलग्न आरोपीहरू पक्राउ परेका छैनन् । मृतक कार्कीको शव पोष्टमर्टमका लागि दुवाकोट स्थित केएमसी अस्पतालमा राखिएको छ । उनको शरीरमा चोटपटक देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट