Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजस्व

ट्राफिक कारबाहीबाट डेढ करोड बढी राजस्व

पोखरा : गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट रु. एक करोड ६५ लाख १३ हजार राजस्व उठेको छ।प्रदेशका ११ वटै जिल्लामा गरिएको प्रहरी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट जरिवानाबापत उक्त रकम उठेको हो। गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले सोही अवधिमा १९ वटा सवारी दुर्घटना भएको जानकारी दिए।

दुर्घटनामा परी २१ जनाले ज्यान गुमाए भने १८ जना घाइते भएका थिए। प्रहरीले असारमा प्रदेशका विभिन्न जिल्लाबाट ५४ थान भरुवा बन्दुक बरामद गरिएको जनाएको छ। सोही महिनामा ११६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले बताए।

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रदिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि प्रहरीले सम्बन्धित जिल्लाका अदालतमा बुझाएको थियो।

प्रतिवादीबाट २९ वर्ष ८ महिना १७ दिन कैद र रु. दुई करोड ५९ लाख आठ हजार ६३८ बिगो रकम असुल गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट