Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

काठमाडौँ :  काठमाडौँको चाबहिलस्थित कुमारीगालमा घरका छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । 

सोमबार चार तले घरको छतबाट व्यापारी नविन अग्रवाल हामफालेका थिए ।  घाइते उनको उपचारको क्रममा उनको स्तुपा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।४९ वर्षीय अग्रवाल कपडाको व्यापार गर्दै आएका थिए । घटनास्थलबाट प्रहरीले विषादीको बट्टा पनि बरामद गरेको छ । उनले लामो समयदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट