Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

जेनजी आन्दोलनका बेला डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ

जेनजी आन्दोलनका बेला डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ

काठमाडौँ :  जेनजी आन्दोलन हुँदा डिल्लीबजार कारागारबाट भागेका सिबी लामालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनी मकवानपुरको हेटौँडाबाट पक्राउ परेका हुन् ।

कान्तिपुर सेभिङ्गका अध्यक्ष रहेका चन्द्र बहादुर तामाङ ‘सिबी लामा’ सहकारी ठगी मुद्दामा पुर्पक्षका लागी थुनामा थिए । कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो । 

उनलाई हेटौँडा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘पक्राउ गरेर थप कुराहरू बुझ्दै छौँ ।’

कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पशुपति सेभिङ्गको पनि करिब १२ करोड रुपैयाँ अपचलन भएको अनुसन्धानबाट खुलेको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट