दाङ : दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ । बुधबार जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको हो ।
खाली पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।
उनले अक्सिजनको कमी भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताए । मजदुर र ठेकेदारको शव भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ। मृतकको थप पहिचान हुन बाँकी छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij