काठमाडौं : शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधवार अग्रवाललाई पक्राउ गरेको हो ।
उनलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा बुधवार डिल्ली बजारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए। प्रवक्ता जबराका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुर सम्बन्धी परेको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । उनलाई पक्राउ गरि सीआईबीले अदालत पुर्याएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij