बुटवल : प्रहरीले रिभल्वर र गोलीसहित एक युवकलाई बुटवलबाट बुधबार पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा शङ्कास्पद रूपमा हिँडडुल गरिरहेका मकवानपुरको बकैया गाउँपालिका–९ का २६ वर्षीय रोशन तुुङलिङ मगरलाई पक्राउ गरिएको हो।
प्रहरीले खानतलासी गर्दा उनको साथबाट रिभल्वर र गोली थान–२ बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका मगरलाई अदालतबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij