Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

काठमाडौँ :  झापाको दमक नगरपालिका–१ स्थित सिरपाली चोकमा दम्पतीबिच भएको विवादमा श्रीमान्ले श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेका छन् ।

अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबिच सामान्य विवाद हुँदा झैँ–झगडा हुँदा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो ।

घटनापछि धनबहादुर घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । गम्भीर अवस्थामा रहेका दुवैलाई उपचारका लागि दमक अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 
email sharing button
whatsapp sharing button

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट