Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

मिटरब्याजी पीडित साहुमहाजनको कुटपिटबाट गम्भीर घाइते

मिटरब्याजी पीडित साहुमहाजनको कुटपिटबाट गम्भीर घाइते

सर्लाही :  सर्लाहीको बसबरिया गाउँपालिका -२ निवासी पीडित इन्दल सहनीमाथि मिटरब्याजी साहुमहाजनको कुटपिटबाट गम्भीर घाइते भएका छन्।

मिटरब्याजी साहु लक्ष्मी कुर्मी राउतसँग इन्दल सहनिले रु.८ लाख रुपैयाँ ऋण लिएका थिए।ऋण लिँदा ग्यारेन्टीको रूपमा पीडितको २६कठ्ठा जमिन धितो पास भनेर राजीनामा पास गराइएको थियो।(मौखिक रूपमा जमिन सावा ब्याज चुक्ता गरेपछि फिर्ता गर्ने सर्त थियो।)

पीडित इन्दल सहनिले ६ लाख बुझाएको र पछि पटक पटक गरेर जम्मा १०/११ लाख बुझाइसकेको थियो।वडा कार्यालयमा जग्गा फिर्ता गर्ने सहमति पनि भएको थियो । तर साहु लक्ष्मी कुर्मी राउतको निधन भयो।
त्यसपछि साहु लक्ष्मी कुर्मी राउतको छोरा बिलास शाहले सो जग्गा अर्कैकै नाममा बिक्री गरिदिएका थिए।

पीडित इन्दल सहनिले साहुबाट लिएको रकम सबै चुक्ता गरेपछि आफ्नो जमिन फिर्ता गर्न पटक पटक अनुरोध गर्दा पनि फिर्ता गरेको थिएन। तर सो जग्गामा इन्दल सहनिले १० वर्षदेखि हालसम्म स्वयं आफैले जग्गा जोतभोग गरिरहेका थिए।

पीडित इन्दल सहनी "मिटरब्याज विरुद्ध पैदल न्याय मार्च"का सहभागी पीडित आन्दोलनकारी पनि थिए।सो आन्दोलन सकेर घर फर्किएपछि साहु महाजनले इन्दल सहनीको जग्गामा धान रोप्न जबरजस्ती गरेका थिए।

साहु विशाल शाहको नेतृत्वमा उनका छोराहरू विशेषर शाह,लक्ष्मण शाह,जगदीश शाह,राम प्रवेश शाह र श्रीमती समेतको समूह मिलेर पीडित इन्दल सहनीमाथि कुटपिट गरिएको थियो।

पीडित इन्दल सहनीसँगै उनका छोराहरू उमेश सहनी ,मुना सहनी र श्रीमती भगवती कुमारी सहनी लगायत चार जना गम्भिर रूपमा चोट लागि घाइते भएका छन्। साहुमहाजनले पीडितको जग्गा हडप्न मरणासन्न हुने गरी पीडितमाथि आक्रमण गरेका आरोप छ। हाल पीडित परिवार बरहथवामा उपचाररत रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट