Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

फलफूलको गाडीमा लुकाइएको ६५२ केजी गाँजा बरामद, तीन पक्राउ

फलफूलको गाडीमा लुकाइएको ६५२ केजी गाँजा बरामद, तीन पक्राउ

काठमाडौँ : प्रहरीले सिराहाको लहानबाट फलफूलको गाडीमा लुकाएको अवस्थामा ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका शाखा कार्यालय सिराहाबाट खटिएको टोलीले बुधबार लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको घर कम्पाउन्डबाट ६५२ केजी गाँजा बरामद गरेको हो ।  

पार्किङ गरेर राखिएको बा२१ च ५८६६ नम्बरको पिकअपमा फलफूलमुनि लुकाएको अवस्थामा ६५२ केजी गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।

ब्यूरोको टोलीले गाँजा ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–३ घर भएकी ३८ वर्षीय श्यामकुमारी साह, १९ वर्षीय शिवम साह र भारतीय नागरिक ३८ वर्षीय गौरव महतो छन् । 

आरोपीहरूमाथि थप अनुसन्धान गर्न उनीहरूलाई बरामद गाँजा सहित इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको डीएसपी निरौलाले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट