Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

दाङमा ४५ बोरा युरिया मल बरामद

दाङमा ४५ बोरा युरिया मल बरामद

दाङ :  प्रहरीले बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरेको हो । राप्ती गाउँपालिका–१ भालुवाङ चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ४५ बोरा युरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

सो मलको अनुमानित मूल्य रु. १,०१,२५० (एक लाख एक हजार दुई सय पचास) रहेको समेत प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त युरिया मल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट