Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

प्रहरीद्वारा सप्तरीमा तीन हजार ३३२ किलो गाँजा बरामद

प्रहरीद्वारा सप्तरीमा तीन हजार ३३२ किलो गाँजा बरामद

काठमाडौँ : प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका-५ बाट प्रहरीले बुधबार राति ३ हजार ३३२ किलो अवैध गाजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले हनुमाननगरबाट रामपुरमल्हनियातर्फ जाँदै गरेको बा.प्र.०१-०२५ च ०४३६ नम्बरको स्कारपियोबाट १९ बोरा, प्र.१-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको पिकअपबाट ३३ वटा बोरामा रहेको गाँजा बरामद गरेको थियो।

उक्त गाँजा कहाँबाट ल्याइएको भन्ने खुलेको छैन। प्रहरीले हाल फरार तीन वटै सवारी साधनका चालकहरूको खोजी गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट