Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

चितवन : ‘बाघको संरक्षण, प्रकृतिको समृद्धि’ भन्ने मूल नाराका साथ विश्व बाघ दिवस २०८३ को अवसरमा चितवनको सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहाको आयोजना तथा कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा कुमरोज सामुदायिक वनको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरूले बाघको जीवनशैली, यसको महत्व तथा संरक्षणका लागि अपनाउनुपर्ने सावधानीका विषयमा अन्तरक्रिया गरेका थिए। कार्यक्रममा खैरहनी–१३ का वडा अध्यक्ष कुलप्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको थियो भने कुमरोज सामुदायिक वनका अध्यक्ष राजु प्रसाद सिलवालले अध्यक्षता गरेका थिए।

कार्यक्रममा खैरहनी–१२ का वडा अध्यक्ष केदारनाथ पन्त, बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल चौधरी, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष गणेशप्रसाद खतिवडा, चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहाका प्रमुख तथा संरक्षण अधिकृत रविन चौधरीसहित विभिन्न सामुदायिक वनका अध्यक्ष, प्रतिनिधि, संरक्षणकर्मी, पर्यटनकर्मी र विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संरक्षण अधिकृत रविन चौधरीले बाघको रहनसहन, दिनचर्या र संरक्षणका विषयमा जानकारी गराएका थिए। साथै संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका चार जना पर्यटनकर्मी तथा संरक्षणकर्मीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट