Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

काठमाडौं : विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा सोमबार शोक बिदा रहने जनाएको छ।

गाउँपालिकाले दिवंगत पर्वतारोही पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको सम्मानमा शोक बिदा दिइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij