Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

पोखरा विमानस्थल निर्माणको कर छुट प्रकरण ,पूर्वसचिव न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

पोखरा विमानस्थल निर्माणको कर छुट प्रकरण ,पूर्वसचिव न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ :  विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी मागेको हो । 

अख्तियारले ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबी थियो । उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij