Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

सुनको मूल्यले नाघ्यो ३ लाख

सुनको मूल्यले नाघ्यो ३ लाख

काठमाडौं : नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यपनि ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५८ हजार ६ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९८३ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट