Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

देउखुरी र चितवन उद्योग वाणिज्य संघबीच भेटघाट तथा छलफल कार्यक्रम

देउखुरी र चितवन उद्योग वाणिज्य संघबीच भेटघाट तथा छलफल कार्यक्रम

 भरतपुर  : चितवन उद्योग वाणिज्य संघको सभाहलमा देउखुरी उद्योग वाणिज्य संघको भ्रमण टोली र चितवन उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिहरू व्यावसायिक छलफल कार्यक्रम सम्पन्न भएको छ । दुई संघबीच आपसी समन्वय, व्यावसायिक हित, तथा संस्थागत विकासका विषयमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले भ्रमण टोलीलाई स्वागत गर्दै स्थानीय उद्योग–व्यवसायको वर्तमान अवस्था, उद्योगी–व्यवसायीका समस्या र चितवन उद्योग वाणिज्य संघले गर्दै आएका गतिविधिबारे प्रकाश पार्नुभयो। उहाँले दुई संघहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उद्योगी–व्यवसायीका साझा मुद्दाहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

WhatsApp Image 2026-08-09 at 7.00.15 PM(1) (1).jpeg
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्रको सशक्तिकरण र संघ–संस्था बीचको आपसी सिकाइ तथा अनुभव आदानप्रदानको महत्वबारे बताउँदै उहाँले नेपाल उद्योग वाणिज्य संघले कार्यान्वयनका लागि ल्यएको योजनाका बारेमा जानकारी गराउनुभयो ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जङ्ग सिंह ठकुरीले न्यानो स्वागत तथा आतिथ्यताका लागि धन्यवाद ज्ञापन गर्दै भ्रमणका क्रममा हासिल भएका अनुभव र सिकाइले देउखुरी उद्योग वाणिज्य संघको आगामी कार्यदिशामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आफ्नो संघका क्रियाकलापका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी, संघका कार्यसमिति सदस्यहरु लगायत देउखुरी उद्योग वाणिज्य संघको पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्या चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन समापन गर्नुभएको कार्यक्रमको सञ्चालन संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट