Logo

Aug 10 2026 | २०८३, श्रावण २५गते

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था अनुसार प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहितको संरक्षण र सशक्तिकरणमा आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले मुस्लिम समुदायका लागि संवैधानिक तथा कानुनी व्यवस्थाको कार्यान्वयन अवस्थाबारे अध्ययन गरी सरकारलाई सुझाव दिने कार्यले संविधानप्रदत्त समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

‘आयोगले मुस्लिम समुदायको सशक्तिकरण र सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पुर्‍याएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘सामाजिक न्याय र संविधानले ग्यारेन्टी गरेका हकको सफल कार्यान्वयनका लागि यस्ता अध्ययन र प्रतिवेदनहरू महत्वपूर्ण हुन्छन् । सो अवसरमा आयोगका पदाधिकारीहरू तथा राष्ट्रपति कार्यालयका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट