काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा मनोहर प्रधान मनोनीत भएका छन् ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई कोषाध्यक्ष मनोनीत गरेको एक सदस्यले बताए । रास्वपा विधानमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, एक सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष मनोनीत हुने प्रावधान छ ।
कोषाध्यक्ष मनोनीत भएका प्रधान पेशाले चिकित्सक हुन् । उनी रास्वपाको समानुपातिक सूचीमा पनि थिए । चितवनका उनी रास्वपा स्थापनाकालदेखि नै पार्टी निर्माणमा सक्रिय थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij