Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं :  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ ८ गते सोमबार विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री थापाले यसअघि भदौ ७ गतेका लागि विश्वासको मत लिने तयारीअनुसार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए। तर, मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेश सभा सचिवालयले भदौ ८ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरेको छ।

बैठक आज  दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारका लागि भदौ ३ गते दाबी पेश गरेका थापा भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij