Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भरतपुरको ६ लेन सडकमा वृक्षारोपण, शहरलाई हराभरा र वातावरणमैत्री बनाउने अभियान

भरतपुरको ६ लेन सडकमा वृक्षारोपण, शहरलाई हराभरा र वातावरणमैत्री बनाउने अभियान

चितवन : भरतपुर महानगरपालिकाले शहरलाई सुन्दर, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यले ६ लेन सडकखण्डमा वृक्षारोपण गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा सडकखण्डका विभिन्न स्थानमा सयपत्रीसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपिएको हो।

सडक सौन्दर्यीकरणसँगै वातावरण संरक्षण र शहरी हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। वृक्षारोपणपछि भरतपुरको ६ लेन सडकखण्ड थप आकर्षक, स्वच्छ र हराभरा बन्ने अपेक्षा गरिएको छ। महानगरपालिकाले रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाहलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij