Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

साना नदीमा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा सतर्कता अपनाउन आग्रह

साना नदीमा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ :  बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ।

मुख्य नदीहरूमा बहाव नियन्त्रणमै देखिए पनि साना नदीहरूमा भने आकस्मिक बाढीको जोखिम औँल्याइएको हो। 

आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना व्यक्त गरिएको छ।


यसैगरी, भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

784240272_122230918376355476_8718175623566979487_n_XJ5Ll7F98M.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट