Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

विवादपछि चीन सरकारको सहयोगमा निर्माणधिन सिञ्जाली माविको भवन निर्माणका ३८ कामदारले एकसाथ छाडे काम

विवादपछि चीन सरकारको सहयोगमा निर्माणधिन सिञ्जाली माविको भवन निर्माणका ३८ कामदारले एकसाथ छाडे काम

गोरखा  : शहीद लखन गाउँपालिका–४ ताक्लुङस्थित निर्माणाधीन सिञ्जाली माध्यमिक विद्यालयको भवन निर्माणमा कार्यरत कामदारहरूले काम छाडेका छन्। विद्यालय भवन निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नानतोङका सुपरभाइजर र कामदारबीच आपसी विवाद भएपछि ३८ जना कामदारहरूले निर्माणस्थल छाडेको बताइएको छ।

विवाद बढ्दै गएपछि कामदारहरूले काम छाड्ने अवस्था आएपछि वडा अध्यक्ष यामबहादुर थापाको रोहवरमा उनीहरूले पाउनुपर्ने पारिश्रमिक रकमको सुनिश्चितता गरी घर पठाइएको हो।

वडा अध्यक्ष थापाका अनुसार कामदारहरूलाई घर फर्किनका लागि जनही ८ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइएको छ। उनीहरूले काम गरेको बाँकी पारिश्रमिक भने सम्बन्धित कामदारको बैंक खातामा भदौ २३ गतेसम्म जम्मा गरिदिने सहमति भएको छ।

Sinjali1787669221.jpg

सुपरभाइजर र कामदारबीचको विवाद चर्किँदै गएपछि कामदारहरूले निर्माणको काम छाडेको वडा अध्यक्ष थापाले बताउनुभयो।चीन सरकारको सहयोगमा निर्माण भइरहेको सिञ्जाली माध्यमिक विद्यालयको भवन चिनियाँ कम्पनी नानतोङले निर्माण गरिरहेको छ। भवन निर्माणका क्रममा कामदारहरू कामबाट बाहिरिएपछि परियोजनाको निर्माण कार्यमा समेत असर पर्ने देखिएको छ। सिञ्जाली माध्यमिक विद्यालयको नयाँ भवन निर्माण चीन सरकारको सहयोगमा अघि बढाइएको परियोजना हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट