Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कालिका नगरपालिकामा तीन महिने सीपमूलक तालिम सम्पन्न; सिलाई मेसिन र पानी ट्याङ्की वितरण

कालिका नगरपालिकामा तीन महिने सीपमूलक तालिम सम्पन्न; सिलाई मेसिन र पानी ट्याङ्की वितरण

चितवन : कालिका नगरपालिका वडा नं. १० को कार्यालय परिसरमा कालिका नगरपालिका र सपना भिलेज सोसल इम्प्याक्ट (Sapana Village Lodge) को संयुक्त आयोजनामा सञ्चालित तीन महिने सीपमूलक तालिम तथा प्रशिक्षण कार्यक्रम आज एक विशेष समारोहका बिच सम्पन्न भएको छ।
​कार्यक्रमका अवसरमा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रोत्साहनस्वरूप सिलाई मेसिन तथा प्रमाणपत्र वितरण गरिएको छ। साथै स्थानीय तहमा खानेपानीको सहजता र कृषि कार्यलाई थप सहयोग पुर्‍याउने उद्देश्यले प्लास्टिकका पानी ट्याङ्कीहरू पनि वितरण गरिएको छ।
​कार्यक्रममा बोल्दै नगर प्रतिनिधिहरूले सीप, प्रविधि र आवश्यक सामग्रीको उपलब्धतामार्फत स्थानीय नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउन यस्ता व्यावहारिक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
​कालिका नगरपालिकाले आगामी दिनमा पनि विभिन्न संघ–संस्थाहरूको सहकार्यमा नागरिकको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि लक्षित यस्ता आयमूलक तथा सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
​उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि, प्रशिक्षक तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट