Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३४८ शव, ३३५ को व्यवस्थापन

भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३४८ शव, ३३५ को व्यवस्थापन

चितवन  : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका शव भेटिने क्रम जारी छ। चितवनमा हालसम्म ३४८ वटा शव फेला परेकोमा ३३५ शवको व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा सनाखत हुन नसकेका शवहरू डीएनए नमुना सुरक्षित राखेर खाडल खनी जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार शनिबारदेखि सुरु गरिएको शव व्यवस्थापनअन्तर्गत पहिलो दिन ९६ वटा शव राखिएको थियो। आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ वटा गरी चार दिनमा ३३५ शव व्यवस्थापन गरिएको हो।
व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा शवको लिङ्ग पहिचान हुन सकेको छैन। त्यस्तै १०७ पुरुष, ७३ महिला, १५ बालिका र ११ बालकका शव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले शवको डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको बताए। सनाखत भएका शवलाई कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ।
यद्यपि, केही आफन्तले शव पहिचान गरे पनि व्यवस्थापन गरिसकिएका कारण घर लैजान नपाएको गुनासो गरेका छन्। आफन्तबाट डीएनए नमुना संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको प्रहरीले जनाएको छ।
नदी तथा नदी किनारका क्षेत्रमा अझै शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ।
हालसम्म सनाखत भएका १२ शवमध्ये ११ पुरुष र एक बालिकाको शव रहेको छ। एक शव भने भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट