Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सामाजिक सञ्जालमा युवतीहरूको कामुक भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा युवतीहरूको कामुक भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ

काठमाडौं :  टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि उनी हुलिया फेरेर भागिरहेका थिए ।

उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर भद्रकालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट